Rule 55
अनौपचारिक शिक्षा सञ्चालन गर्न सक्ने
(१) कुनै संस्थाले अनौपचारिक शिक्षा सञ्चालन गर्न चाहेमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको सिफारिस सहित स्वीकृतिको लागि जिल्ला अनौपचारिक शिक्षा समिति समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा जिल्ला अनौपचारिक शिक्षा समितिले सो निवेदनका सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा निवेदकलाई अनौपचारिक शिक्षा सञ्चालन गर्न स्वीकृति दिन हुने देखिएमा आवश्यक शर्तहरु तोकी स्वीकृति दिनेछ ।
(३) कुनै संस्थाले उपनियम (२) बमोजिम तोकिएको शर्त अनुरुप अनौपचारिक शिक्षा सञ्चालन नगरेमा जिल्ला अनौपचारिक शिक्षा समितिले त्यस्तो संस्थालाई दिएको स्वीकृति कुनै पनि बखत रद्द गर्न सक्नेछ ।